कांग्रेसको विवादबारे शेखर कोइरालाले गरे बुद्धिजीविहरूसँग छलफल

कांग्रेसको विवादबारे शेखर कोइरालाले गरे बुद्धिजीविहरूसँग छलफल


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा केही बुद्धिजीवीहरुसँग छलफल गरेका छन् । नेपाली कांग्रेसमा विशेष महाधिवेशन प्रकरणकाे विवाद अझै साम्य भएको छैन ।

सर्वोच्च अदालतबाट विशेष महाधिवेशनले वैधता पाइसके पनि निवर्तमान सभापति शेरबहादुर देउवापक्षले गगन थापालाई सभातपति मानिसकेकाे छैन । निवर्तमान कार्यवाहाक सभापति पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठक गर्दै आएका छन् ।

उता शेखर कोइराला भने सर्वोच्चको फैसलाअघि देउवा समूहमै थिए । तर अहिले उनी कतै पनि नलागेर बिखलबन्दमा परेका छन् । उनले न त सहर्ष थापालाई सभापति स्वीकारेका छन् न त देउवा समूहसँगको सम्बन्ध कायम राखेका छन् । बरु उनले पनि आफ्नो समूहको छुट्टै गतिविधि गर्दै आएका छन् ।

यस्तो अवस्थामा शेखरले आइतबार आफ्नो सम्पर्क कार्यलय विशालनगरमा बुद्धिजीविहरूसँग छलफल गरेका हुन् । उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेन जी युवाहरू अभिजित अधिकारी र करिना पुरीलगायत सहभागी थिए ।

दिउँसो १ बजे देखि ४ बजेसम्म भएको उक्त छलफलमा डा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी थिए ।