काठमाडौं । नेपाली कांग्रेसले भोलि संसदीय दलको नेता पाउने भएको छ । सभापति गगनकुमार थापाले भोलि बस्ने कार्यसम्पादन समितिको बैठकमा नेताको नाम प्रस्ताव गर्ने तयारी छ ।
कांग्रेस सहमहामन्त्री तथा संसदीय दलको चुनावका लागि गठित निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीका अनुसार सभापति थापाले प्रस्ताव गरेको नाम कार्यसम्पादन समितिबाट अनुमोदन भएपछि सोही दिन संसदीय दलको नेताको औपचारिक घोषणा गरिनेछ । अनुमोदनपछि निर्वाचन समितिले सभापति थापाकै हातबाट निर्वाचित नेतालाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।
दलको नेताका लागि भिष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निस्कल राईको नाम चर्चामा छ । यसैबीच नेता अर्जुननरसिंह केसीले आफ्नो दाबी छाड्दै बासनाको नाम प्रस्ताव गरेका छन्, जसले प्रतिस्पर्धाको समीकरणलाई थप रोचक बनाएको छ ।
कांग्रेसभित्र सहमतिकै आधारमा नेता चयन गर्ने प्रयास भइरहेका बेला भोलिको बैठक निर्णायक हुने देखिएको हो ।

प्रतिक्रिया