काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।
आज बसेको संसदीय दलको बैठकले प्रमुख प्रपिक्षी दल कांग्रेसको संसदीय दलको नेतामा उनलाई निर्विरोध निर्वाचित गरेको हो ।
संसदीय दलको बैठकअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनको नाम टुंग्याएको थियो । पार्टीको निर्णयलाई संसदीय दलको बैठकले अनुमोदन गरेको हो ।
यस्तै संसदीय दलको प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई नियुक्त गर्ने कांग्रेसको निर्णय छ ।

प्रतिक्रिया