सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन् ।

सोमबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए । यअसघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिदाँ उक्त पद रिक्त थियो ।