काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
नेपाल भ्रमणमा रहेका विदेश सचिव मिश्रीले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच लामो समयदेखि कायम मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । उनको भ्रमणलाई प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको तयारी र दुई देशबीचको उच्चस्तरीय संवादका सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया