काठमाडौं । संसद् छलेर सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न विपक्षी दलले राष्ट्रपति रामचन्द्र पौडेललाई आह्वान गरेका छन् ।
बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले संसद् छलेर अध्यादेश ल्याउन सरकारको कार्यको विरोध गर्दै फिर्ता लिनसमेत आग्रह गरेको छ । सरकारले सोमबार संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।
बैठकले संसद् बैठक आह्वान गर्न सरकारसमक्ष माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सरस्वती तामाङलगायत सांसद सहभागी भएका थिए ।


प्रतिक्रिया