काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन मापदण्ड तोकेको छ ।
आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको छ ।
पार्टी प्रवक्ता मनिष झाकाअनुसार आगामी स्थानीय तहमा उम्मेदवार हुन चाहने पार्टी सदस्यहरू क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उत्तीर्ण हुनु पर्नेछ ।

प्रतिक्रिया