सुदूरपश्चिम रोयल्सले चितवनलाई हरायो

सुदूरपश्चिम रोयल्सले चितवनलाई हरायो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । इशान पाण्डेले अविजित २५ र आरिफ शेखले अविजित १३ रन जोडे ।

आरिफ शेखले अविजित २० र शेरफेन रदरफोर्डले अविजित २१ रन जोडे । रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी पहिलो बलमै आउट भए । उनी रञ्जितकुमारको बलमा बोल्ड भए ।

चितवनका रञ्जितकुमारले ३ विकेट लिए भने मौसम ढकाल र रिजन ढकालले एक-एक विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक अविजित ४९ रन बनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

डेविड मलानले १६, सिकन्दर रजाले १५ र अर्जुन साउदले १५ रन जोडे । विवेक यादव १७ रनमा अविजित रहे ।

सुदूरपश्चिमका स्कट कुगेलाइनले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट लिए ।