काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार दिउँसो बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीका विविध आन्तरिक एजेन्डाहरूमाथि छलफल हुने कार्यतालिका छ।
मुख्य बैठक बस्नुअघि बिहान ११ बजे सानेपामै पदाधिकारीहरूको उपस्थितिमा गृहकार्य गरिने भएको छ। महामन्त्री गुरुराज घिमिरेका अनुसार ११ बजेको छलफलले कार्यसम्पादन समिति बैठकका लागि औपचारिक एजेन्डाहरू तय गर्नेछ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन पत्राचार गरिएको जानकारी दिएका छन्। बैठकमा पार्टीको आगामी रणनीति र सांगठनिक सुदृढीकरणका विषयले प्राथमिकता पाउने बताइएको छ।

प्रतिक्रिया