मन्त्रिपरिषद बैठक सिंहदरबारमा

मन्त्रिपरिषद बैठक सिंहदरबारमा


काठमाडौ । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा सोमबार बिहान साढे १० बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।

हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ। सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिरहेको छ।

आजको बैठकमा सरकारको सयबुँदे कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ।