काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउनका आदेश दिएको छ। भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास सो आदेश दिएको हो। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेको हो। भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् ।

प्रतिक्रिया