काठमाडौं । चीनको एक कोइला खानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु भएको छ ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ स्थानीय समयअनुसार ७:२९ बजे कोइला खानीमा विस्फोट भएको हो ।
उक्त खानीमा २४७ जना कामदार काम गरिरहेका थिए ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, “सान्सी प्रान्तको तोङ्जाउ ग्रुपको खानीमा भएको ग्यास विस्फोटमा ९० जनाको मृत्यु भएको छ ।” अहिले घटनास्थलमा उद्धार जारी छ ।
दुर्घटनापछि चीनका राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचार भइरहेको र बेपत्ताहरूको खोजी भइरहेको बताएका छन् ।

प्रतिक्रिया