बसको ठक्करबाट ६९ वर्षीय पैदल यात्रीको मृत्यु

बसको ठक्करबाट ६९ वर्षीय पैदल यात्रीको मृत्यु


१६ जेठ, काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका–१ गुणादीस्थित सडकमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बा.१ प ९२७ नम्बरको बसको ठक्करबाट सोही ठाउँमा बस्ने ६९ वर्षीय सम्मर बहादुर रानाभाटको  १६ जेठ शनिबार दिउँसो मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको स्रोतकाे जानकारी।