काठमाडौं । थाइल्याण्डमा पक्राउ परी ललितपुर प्रहरीमा बुझाइएकी टिकटकर तुलसी अधिकारीलाई सोमबार जिल्ला अदालतमा पेश गरिँदैछ । उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दाको पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।
के हुन्छ सजाय ?
तुलसाका विरुद्ध एकसाथ तीन फरक(फरक मुद्दा चलेका छन् । त्यसमध्ये सबैभन्दा कठोर मुद्दा मानिन्छ, सम्पत्ति शुद्धीकरण ।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा १७ ९४० बमोजिम प्रहरी हिरासतमा ३० देखि ९० दिनसम्म राखेर अनुसन्धान गर्ने व्यवस्था छ । ऐनको दोस्रो संशोधनको दफा ३० ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्नेलाई सजायको व्यवस्था गरेको छ ।
यदि तुलसाको सम्पत्ति शुद्धीकरण मुद्दामा आतंकवादी क्रियाकलापको सूचना प्राप्त नभएमा ऐनले बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्यता हेरी दुई वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरेको छ ।
तर, यदि उनको सम्पत्ति आर्जनसँग आतंकवादी गतिविधि जोडिए सोही दफाको उपदफा ३ बमोजिम विगोको पाँच गुणा र विगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसुरको गाम्भीर्यता हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ ।
आपराधिक लाभ र ठगी मुद्दामा के हुन्छ ?
तुलसाविरुद्ध सम्पत्ति शुद्धीकरणसँगै आपराधिक लाभ र ठगी मुद्दा पनि दायर भएको छ । प्रचलित मुलुकी अपराध ९संहिता० ऐन २०७४ को भाग २ को परिच्छेद २१ मा ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरको सजाय निर्धारित छ ।
त्यसअनुसार सामान्यतया ३ वर्षसम्म कैद तथा ३० हजार रूपैयाँ जरिवानाको व्यवस्था छ । तर, उल्लेखित कसुरभन्दा बढीको कसुर भएमा सोभन्दा बढी कैद र जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया