काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक (भर्चुअल) बोलाएको छ ।
आजै बेलुका ८ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धलगायतका विषयमा छलफल हुने कार्यसूची छ । साथै, महाधिवेशनबारे पनि छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
सीमाबारे प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्मा दिएको अभिव्यक्तिबारे पनि छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको’ दाबी गरेका थिए ।
उक्त अभिव्यक्तिको अहिले चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया