प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित


काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारे अनपेक्षित अभिव्यक्तिको विरोध जनाउँदै राष्ट्रियसभा बैठक अवरोध गरेका छन् । प्रधानमन्त्री बालेनले आइतबार संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि धेरै ठाउँमा भारतीय जग्गा मिचेको बताएका थिए । त्यसपछि उनको यो विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । यही विषयलाई लिएर विपक्षी दलहरूले माफी माग्नुपर्ने बताउँदै संसद् अवरोध गर्दै आएका छन् ।
सोमबार पनि राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा विपक्षीले अवरोध गरेका थिए । आज पनि राष्ट्रियसभा बैठक विपक्षीको अवरोधपछि बुधबारसम्मका लागि स्थगित भएको छ ।