कांग्रेसले संसदीय समितिहरूकाे बैठक बहिष्कार गर्ने

कांग्रेसले संसदीय समितिहरूकाे बैठक बहिष्कार गर्ने


काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले `नेपालले पनि भारतको भूमि मिचेको रहेछ´ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेकाे छ ।

सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधिसभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । यस्तोमा कांग्रेसले संसदीय समितिहरूका बैठक पनि बहिष्कार गर्ने रणनीति अपनाएको हाे ।