काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका -८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । ढलान सकेर भक्तपुरतर्फ मजदुर बोकेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो । दुर्घटना भएको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना मजदुर बोकेर फर्कँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो । घाइते मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया