काठमाडौं । समूह चरणको दोस्रो खेलमा अष्ट्रेलिया अमेरिकासँग पराजित भएको छ ।
समूह ‘डी’ को दोस्रो चरणको खेलमा घरेलु मैदानमा भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई २-0 ले हराएको हो । अष्ट्रेलियालाई आत्मघाति गोल महँगो पर्न गयो ।
खेलको १० औँ मिनेटमा पेनाल्टी बक्समा पुगेको बल जोगाउने क्रममा क्यामरन बर्गिसले आत्मघाति गोल गर्न पुगेका थिए । पहिलो हाफको ४४ औँ मिनेटमा अमेरिकाका एलेक्स फ्रीम्यानले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
उनको पोजिसन अफसाइड भन्दै रेफ्रीले संकेत गरेका थिए । भीएआर चेकपछि उनको गोलले मान्यता पाएको थियो ।
जितसँगै अमेरिकाले अंक तालिकामा ६ अंक जोडेको छ । यसअघि समूह चरणको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ ले पराजित गरेको थियो । अष्ट्रेलियाले भने पहिलो खेलमा टर्कीएलाई २-० मा पराजित गरेको थियो

प्रतिक्रिया