झुक्किएर आएछ भने बल बालेनकै खुट्टामा पास गर्नेछु – रवि लामिछाने

झुक्किएर आएछ भने बल बालेनकै खुट्टामा पास गर्नेछु – रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सहमति अक्षरश पालना गर्ने बताएका छन् ।

आइतबार जारी महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन शाहसँगको सहमति इमान्दारिताका साथ पालना गर्ने बताएका हुन् ।

‘सरकार सञ्चालनका लागि रास्वपाले निर्वाचनअघि नै बालेनको खुट्टामा बल पुर्‍याइसकेको छ, भटाभट गोल हान्ने जिम्मा बालेनजी को हो, उहाँले निरन्तरता पनि दिरहनुभएको छ,’ उनले भने ।

रविले थपे, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने त्यो बल त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’