एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई


काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र त्यस्तो पार्टीमा सबै अटाउने बताएका छन् । उनले सामाजिक सञ्जालमा ‘एमालेजनमा निवेदन’ भनेर लेखेको सन्देशमा अहिले एमालेमा चलिरहेको बहसमा राजनीतिक र वैचारिक दिशा दिन अपिल गरेका छन् । उनले भनेका छन्, ‘अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफ्नै पार्टीभित्रको फरक विचारप्रति बैरभाव राख़्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ ।’
उनले भनेका छन्, ‘एमालेमा दुईवटा बिचारका बीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक सञ्चारमाध्यमसम्म पुगेको छ । बहसमा एमालेपंक्तिका अलावा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।’

भट्टराईले समयानुकुल पार्टी पुनर्गठन हुने र पुर्नगठित पार्टीमा सबैको सम्मान हुने बताएका छन् । उनले भनेका छन्, ‘निषेधकारी व्यवहारको अन्त्य हुने छ । पार्टी सामुहिक र संस्थागत ढाँचामा चल्ने छ । हामी मदन भण्डारीका उत्तराधिकारीहरू हौँ ।’