एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई पक्राउ गरेको हो । उनको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धानका क्रममा यो पक्राउ भएको विभागका उच्च स्रोतले बताएको छ ।
पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत गएका थिए । त्यहाँबाट उनलाई पक्राउ गरी काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ । अहिले उनलाई सुर्खेत जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । हवाई वा स्थल मार्गबाट उनी काठमाडौं ल्याइने छन् ।
एमालेले हालै सबै प्रदेशमा पार्टी पुनर्गठनका लागि सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रममै सहभागी हुन पुगेका पौडेललाई कार्यक्रम स्थलमैबाट पक्राउ गरिएको थियो ।
प्रहरी स्रोतका अनुसार पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याएपछि विभागले विस्तृत अनुसन्धान अघि बढाउने छ ।