मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको जित

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको जित


काठमाडौं । लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले जित हात पारेको छ । अष्ट्रियासँगको खेलमा अर्जेन्टिना २-० ले विजयी भएको हो ।

मेस्सीले खेलको ३८ औँ र इन्जुरी टाइममा गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले जर्मनीका स्ट्राइकर मिरास्लोभ क्लोजको १६ गोलको रेकर्डलाई भंग गरेका हुन् ।अल्जेरियासँगको खेलमा ह्याट्रिक गर्दै मेस्सीले क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका थिए ।

अष्ट्रियासँगको खेलमा दुई गोल गरेसँगै विश्वकपमा मेस्सीको गोलसंख्या १८ पुगेको छ ।खेलको चौथो मिनेटमा अष्ट्रियाले फाउले गर्दा मेस्सीले पनेाल्टीको मौका पाएका थिए ।

उनले प्रहार गरेको बल बाहिरिएको थियो । यसअघिका खेलमा अर्जेन्टिना अल्जेरियासँग ३-0 ले विजयी भएको थियो ।अष्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गरेको थियो । जितसँगै तालिकामा ६ अंक जोड्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ