काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार भएको इजिप्ट र इरानबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । इरानका लागि यो खेल निकै दुर्भाग्यपूर्ण रह्यो । एक पेनाल्टी चुक्दा र अन्तिममा इन्जुरी समयमा गरिएको गोल अफसाइड भएपछि इरान जित निकाल्नबाट चुकेको हो । खेलको पाँच मिनेटमा इजिप्टका महमुद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पाएको थियो, जसमा इरानका मेहदी तारेमी गोल गर्न चुके ।
त्यसपछि इरानका लागि १४ औं मिनेटमा रमिन रजाइनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको अन्तिममा थपिएको समयमा इरानले गोल प्रहार गरेको थियो । तर, त्यसलाई रेफ्रीले भीएआर जाँच गर्दै अफसाइड करार गरिदिए ।
यो खेलपछि इजिप्ट समूह ‘जी’मा एक जित, दुई बराबर खेल्दै ५ अंकसहित अंकतालिकामा दोस्रो रह्यो । यो समूहको विजेता ५ अंक नै रहेको बेल्जियम समूह विजेता बन्यो । इरान ३ अंक सहित अंक तालिकामा तेस्रो स्थानमा छ । उसको नकआउट चरणमा पुग्ने सम्भावना अझैँ जीवित रहनेछ ।

प्रतिक्रिया