ब्राजिल विरुद्ध जापानको शानदार अग्रता

ब्राजिल विरुद्ध जापानको शानदार अग्रता


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जापानले ब्राजिल विरुद्ध अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गरे । उनले मैदानको बिच भागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् । जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने जापानका लागि सानोको यो पहिलो गोल समेत हो ।