रास्वपाको अनुशासन आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश पौडेल

रास्वपाको अनुशासन आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश पौडेल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा को प्रथम महाधिपेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले अनुशासन आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रथम महाधिपेशनबाट निर्वाचित केन्द्रीय समितिको आज
सम्पन्न बैठकले सो निर्णय गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा हुन् । बुधबार नयाँ निर्वाचित केन्द्रीय समितिले शपथग्रहण गरिसकेपछि केन्द्रीय समिति बैठक बसेको हो । बैठकले तीन वटा निर्णय गरेको छ । जसमा महाधिवेशन सम्पन्न गर्न गठित उपसमितिहरू तथा अरु सबैलाई धन्यवाद ज्ञापन गर्ने पहिलो निर्णय छ ।
यस्तै, पार्टीको विधानअनुसार पहिलो बैठकबाट निर्वाचन लेखा र अनुशासन आयोग रिक्त हुन नहुने व्यवस्था अनुसार लेखा आयोगको पुरानो कमिटी विघटन गरी पुरानै टिमलाई जिम्मा दिने निर्णय भएको छ ।