काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् ।
कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा.थापालाई शुक्रबार नियुक्त गरेका हुन् । यसअघि थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए ।
सिफारिस समितिले प्रा.डा. थापासहित प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो । त्रिविको निमित्त उपकुलपतिमा प्रा.डा. सुशिल बज्राचार्यले जिम्मेवारी सम्हाल्दै आएका थिए ।
डा. थापा सन् १९९४ मा लेक्चररका रूपमा विश्वविद्यालयमा प्रवेश गरेका उनी सन् २००८ देखि निरन्तर प्राध्यापकका रूपमा कार्यरत छन् । प्राज्ञिक भूमिकाका साथै उनले काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागको प्रमुख, स्कुल अफ इन्जिनियरिङको डिन (सन् २००८–२०१६) र विश्वविद्यालयको रजिस्ट्रार (सन् २०१३–२०१८) जस्ता जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया