मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता

मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा लियोनेल मेस्सीको शानदार गोलसँगै अर्जेन्टिनाले केप भर्डेविरुद्ध अग्रता बनाएको छ।

अमेरिकाको मियामी स्टेडियममा जारी खेलको २९औँ मिनेटमा मेस्सीले लिसान्द्रो मार्टिनेजको पासलाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै गोल गरेका हुन्। उक्त गोलसँगै अर्जेन्टिना १–० ले अघि बढेको छ।
जारी विश्वकपमा मेस्सीको यो सातौँ गोल हो। यससँगै उनी गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा पुगेका छन्।
खेलको सुरुआतदेखि नै अर्जेन्टिनाले बलमाथि नियन्त्रण कायम राख्दै लगातार आक्रमण बुनेको थियो। केप भर्डेले केही अवसर सिर्जना गर्ने प्रयास गरे पनि अर्जेन्टिनाको सशक्त दबाबका बीच पहिलो गोल रोक्न सकेन।
साविक विश्वविजेता अर्जेन्टिना अन्तिम १६ ९अन्तिम ३२ बाट अघि० प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको हो भने पहिलो पटक नकआउट चरण पुगेको केप भर्डे ऐतिहासिक नतिजा निकाल्ने प्रयासमा रहेको छ। यस खेलको विजेताले अर्को चरणमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ