काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडी तथा त्यसमा सवार यात्रुहरूको खोजी कार्यलाई तीव्र पारिएको छ ।
नेपाली सेनाका अनुसार दुर्घटनापछि बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि ड्रोन प्रविधिसमेत प्रयोग गरिएको छ ।
खोजी अभियानमा नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाहरूको समेत सक्रिय सहकार्य रहेको छ ।
कर्णाली नदीको तीव्र बहाव र गहिराइका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण रहे पनि उपलब्ध सबै स्रोत–साधन परिचालन गरी खोजी अभियान निरन्तर जारी रहेको नेपाली सेनाले जनाएको छ ।
बेपत्ता गाडी र यात्रुहरूको अवस्था अझै खुलेको छैन भने खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ ।


प्रतिक्रिया