डोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते


डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका-८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्।