मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त


काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी दिँदै मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले यससँगै प्रशासन, शिक्षा, स्वास्थ्य, मानव अधिकार तथा सुशासनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण नीतिगत निर्णयहरू पनि गरेको छ ।

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू –

  • काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य (काठमाडौं) लाई नियुक्त गर्ने ।
  • कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल का रूपमा सञ्चालन गर्न स्वीकृति दिने ।
  • विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
  • शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
  • कारागार नियमावली, २०८३ स्वीकृत गर्ने ।
  • मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गर्ने ।
  • भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) स्वीकृत गर्ने ।