नेपालले भारत ‘ए’विरुद्ध टी–२० सिरिज खेल्ने

नेपालले भारत ‘ए’विरुद्ध टी–२० सिरिज खेल्ने


काठमाडौं । नेपालले यस वर्षको अन्त्यमा घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने सिरिजको तालिका सार्वजनिक गरेको हो ।

क्यानका अनुसार सिरिज डिसेम्बर ९ देखि १३ सम्म सञ्चालन हुनेछ । पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा हुनेछ ।

यो सिरिजको टुंगो स्कटल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा भएको उच्चस्तरीय भेटवार्तापछि लागेको हो ।

सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजित सैकियाबीच भएको छलफलपछि नेपाल र भारत ‘ए’ बीच टी–२० सिरिज आयोजना गर्ने सहमति बनेको थियो ।