क्वार्टरफाइनलको पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरी

क्वार्टरफाइनलको पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरी


काठमाडौं । पिफा विश्वकप २०२६ का अन्तिम क्वार्टरफाइनलको पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरीमा छन् । मियामी स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोली १–१ को बराबरीमा भएका हुन् । खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।

तर, त्यसको ११ मिनेटपछि इंग्ल्यान्ड खेलमा फर्कियो । पहिलो हाफको इन्जुरी समयमा जुडे बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका हुन् ।