धनगढी । सरकारी टोली र अनशनरत डा. गोविन्द केसीबीच एक चरणको वार्ता भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा दुवै पक्षबीच एक चरणमा छलफल भएपछि केसी पक्ष थप छलफलमा जुटेको छ ।
सो पक्ष अहिले डा. केसीसंगै परामर्श गरिरहेको छ । अनशनरत डा. केसीका सहयोगी डा. अमृत जैसीले वार्ता सकारात्मक भएपनि थप छलफल आवश्यक रहेको बताए ।
त्यसका लागि डा. केसीसंगै छलफल भइरहेको छ । केसी पक्षले आईसीयूमै केसीलाई भेट गरिरहेका छन् । हालसम्म के के कुरामा छलफल भयो भन्ने विषय भने खुलाइएको छैन ।

प्रतिक्रिया