काठमाडौं । भारत सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भ्रमणको निम्तो दिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि निम्तो दिएको बताएका हुन् ।
भारतले नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएको छ कि छैन भन्ने प्रश्नमा जैसवालले भनेका थिए, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ ।’
जैसवाललाई नेपालबाट विशेष दूतले भारतको भ्रमण गरेको विषयमा पनि प्रश्न सोधिएको थियो । त्यसबारे आफूलाई सूचना नभएको उनले बताएका छन् ।

प्रतिक्रिया