झापा । बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब १ः३५ बजे घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी गाउँपालिका–३ का ५० वर्षीय प्रेमबहादुर पौडेल सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि निजको उपचारकै क्रममा राति करिब ८ः३० बजे बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया