जनकपुर । संयुक्त हिन्दु मोर्चा र गृहमन्त्री सुधन गुरुङबीच पुनः वार्ता भएको छ ।
आइतबार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिबार (हिजो) सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो ।
थपिएका मागहरुप्रति गृहमन्त्री सकारात्मक देखिएका छन् भने उनले काठमाडौं पुगेर मागहरु कार्यान्वयन गर्नेतर्फ आफूले कुनै कसर नछाड्ने प्रतिबद्धता जाहेर गरे ।
हिजो दुई चरणमा भएको छलफलमा १३ बुँदे मागपत्र गृहमन्त्री गुरुङलाई बुझाइएको थियो । तर, कतिपय मागहरु प्रष्ट नभएको र केही मागहरु थप्नुपर्ने भन्दै हिन्दुवादी युवाहरुले विरोध जनाएका थिए । त्यसपछि आज बिहान गृहमन्त्री गुरुङले पुनः वार्ता आह्वान गरेका थिए ।

प्रतिक्रिया