परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ


काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीले सोमबार भट्टराईलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपमशमशेर जबराका अनुसार उनीमाथि राहदानी ऐनअन्तर्गत कसुर गरेको आरोप लागेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार भट्टराईले ट्राभल डकुमेन्ट जारी गर्न नमिल्ने व्यक्तिलाई गैरकानुनी रूपमा यात्रा सम्बन्धी कागजात बनाइदिएको आरोप छ । उनले २०६८ सालमा उक्त ट्राभल डकुमेन्ट जारी गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

यस प्रकरणमा भट्टराईविरुद्ध गत सोमबार नै मुद्दा दायर भइसकेको थियो । पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि सोमबार नै जिल्ला अदालत काठमाडौं उपस्थित गराउने तयारी गरिएको सीआईबीले जनाएको छ ।