सन्दीप लामिछाने राष्ट्रिय टोलीको कप्तान नियुक्त

सन्दीप लामिछाने राष्ट्रिय टोलीको कप्तान नियुक्त


काठमाडौं । सन्दीप लामिछाने राष्ट्रिय टोलीको कप्तानमा फर्किएका छन् ।

क्यानले रोहित पौडेललाई हटाएर लामिछानेलाई नेपाली एकदिवसीय (ओडीआई) टोलीको कप्तान नियुक्त गरेको हो । क्यानले मलेसियामा आयोजना हुने ACC Premier Cup का लागि घोषणा गरेको टोलीले कप्तानी लामिछानेलाई दिएको हो ।

यससँगै पौडेललाई टी–२० सँगै ओडीआईको नेतृत्वबाट पनि हटाएको छ । क्यानले यसअघि नै टी–२० टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिसकेको छ ।

लामिछाने ४ वर्षपछि नेपाली टोलीको नेतृत्वमा फर्किएका हुन् । बलात्कारको आरोप लागेपछि २०७९ सालमा उनलाई कप्तानबाट हटाइएको थियो । त्यतिबेला उनलाई राष्ट्रिय टोलीबाट पनि निलम्बन गरिएको थियो । पछि अदालतबाट सफाइ पाएसँगै राष्ट्रिय टोलीमा फर्किएका थिए ।

एसीसी प्रिमियर कपका लागि नेपाली टोली –