काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.१३ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर साउन महिनामा ४.१६ प्रतिशत विन्दुमा थियो ।
संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । साउनमा ३.११ प्रतिशत रहेको यस्तो ब्याजदर भदौमा ३.०८ विन्दुमा कायम भएको हो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
अन्य १५ बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।


प्रतिक्रिया