प्रदीप गिरिको स्मृति दिवसमा गगन थापा : ‘उहाँको दृष्टिकोण सधैँ मार्गदर्शन’

प्रदीप गिरिको स्मृति दिवसमा गगन थापा : ‘उहाँको दृष्टिकोण सधैँ मार्गदर्शन’


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अग्रज नेता प्रदीप गिरिको स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। भदौ ४ गते सामाजिक सञ्जालमा गिरिसँगको पुरानो तस्बिर सार्वजनिक गर्दै थापाले गिरिसँग बिताएका पल र राजनीतिलाई हेर्ने उनको फराकिलो दृष्टिकोण आफ्ना लागि सधैँ मार्गदर्शन बनिरहने बताएका हुन्।

‘उहाँबाट पाएका प्रेरणा र राजनीतिलाई हेर्ने उहाँको फराकिलो दृष्टिकोण मेरा लागि सधैँ मार्गदर्शन बनिरहनेछ,’ थापाले लेखेका छन्।  कांग्रेस नेता तथा समाजवादी चिन्तक गिरिको २०७९ भदौ ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो।