काठमाडौं । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर १ (क) का प्रदेश सभापति राजकुमार कुँवर पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले बैंकिङ कसुरको आरोपमा कुँवरलाई पक्राउ गरेको हो। धादिङको धुनिबेसी नगरपालिका घर भई काठमाडौं बस्दै आएका कुँवरविरुद्ध २० लाख रुपैयाँ बिगोको बैंकिङ कसुर मुद्दा रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुँवरलाई हाल प्रहरी परिसर भद्रकालीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु अधिकारीले जानकारी दिए।

प्रतिक्रिया