सरकारले संसद्‌मा भन्यो – भूकम्पपछि भोटेकोशीमा बाढी

सरकारले संसद्‌मा भन्यो – भूकम्पपछि भोटेकोशीमा बाढी


काठमाडौं । सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा भूकम्पपछि हिमपहिरो झर्दा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान ८ः३७ बजे सो क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपहिरो खसेर बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।

“बिहान ८ बजेर ३७ मिनेटमा सो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको। त्यसका कारणले बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्,” उनले भने।

मन्त्री खनालका अनुसार घटनाको वास्तविक कारण र क्षतिको विवरणबारे थप पुष्टि गर्न बाँकी छ। “त्यसलाई थप भेरिफाइ गर्नुपर्ने अवस्था छ,” उनले सदनमा भने।