राजनीतिक खिचातानीका बीच पुराना सहपाठीको भेट: कमल थापाले बाबुराम र हिसिलालाई उपहार दिए

राजनीतिक खिचातानीका बीच पुराना सहपाठीको भेट: कमल थापाले बाबुराम र हिसिलालाई उपहार दिए


काठमाडाै‌ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीलाई आफ्ना दुई नवीनतम पुस्तकहरू “Reimagining Nepal” र “नाकाबन्दी र भूराजनीति” हस्तान्तरण गरेका छन्।

भेटघाटको क्रममा नेताहरूबीच वर्तमान देशको राजनीतिक परिस्थिति र भूराजनीतिक घटनाक्रमका विषयमा गम्भीर र रमाइलो छलफल भएको थापाले जानकारी दिएका छन्।

भेटमा पुराना दिनको स्मरण गर्दै थापाले डा. बाबुराम भट्टराई अमृत साइन्स कलेज (अस्कल) मा आफ्ना सहपाठी रहेको र हिसिला यमी श्रीमती प्रलिता थापाकी कन्यामन्दिर विद्यालयकी सहपाठी रहेको संयोग पनि सेयर गरेका छन्।