दसैँ सकिएलगतै उपत्यका फर्किने मुख्य नाकामा घुइँचो

दसैँ सकिएलगतै उपत्यका फर्किने मुख्य नाकामा घुइँचो


काठमाडौं । दसैँको टीका र आशीर्वाद ग्रहण गरेलगत्तै काठमाडौँ उपत्यका फर्किने सर्वसाधारणको मुख्य नाकाहरूमा भीषण घुइँचो लागेको छ।
थानकोट-नागढुङ्गा, भक्तपुरको जगाती, र बिपी राजमार्ग भई उपत्यका छिर्ने सडकहरूमा सवारी साधनको अत्यधिक चापका कारण घण्टौँसम्म ट्राफिक जाम भइरहेको छ।
रोजगारी, पढाइ र पेशा-व्यवसायका लागि काठमाडौँ फर्कन बाध्य सर्वसाधारणले सार्वजनिक यातायातमा सिट नपाउने, महँगो भाडा तिर्नुपर्ने र घण्टौँ जाममा पिसिनुपर्ने पुरानै नियति दोहोरिएको छ।
सरकार र ट्राफिक प्रहरीको फितलो व्यवस्थापनका कारण चाडपर्वपछि फर्किने यात्रुहरूले नाकाहरूमा सास्ती खेप्नुपरेको छ।