भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो


काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा गत साता आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ ।

बिहीबार सार्वजनिक गरिएको खोज तथा उद्धारसम्बन्धी पछिल्लो विवरणअनुसार बाढीमा ज्यान गुमाएका १ हजार २५२ जनाको शव फेला परेको हो ।

नेपाल प्रहरी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लाबाट शव संकलन गरिएको छ । बिहीबार दिउँसोसम्म ४ हजार ८७५ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् । करिब ९०० जना सुरुङमा फसेको आशंका गरिएको छ र नेपाली, भारतीय, चिनियाँलगायत अन्तर्राष्ट्रिय टोलीले खोज तथा उद्धार जारी राखेका छन् ।