काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ।
भदौ १८ गतेको निर्णयअनुसार मन्त्रालय तथा विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरिएको हो।
नयाँ सरुवाअनुसार राष्ट्रिय किताबखानाबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। झापाका तत्कालीन सीडीओ शिवराम गेलालले भदौ १७ गतेदेखि लागू हुने गरी राजीनामा दिए पनि उक्त राजीनामा स्वीकृत भइनसकेकाले उनलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ।
यससँगै नयाँ दरबन्दीअनुसार खोटाङ, जाजरकोट, रोल्पा, सल्यान, अछाम, बैतडी र डडेल्धुरालगायत जिल्लाका सीडीओ व्यवस्थापन गरिएको छ।


प्रतिक्रिया