प्रधानसेनापति सिग्देल चीन प्रस्थान

प्रधानसेनापति सिग्देल चीन प्रस्थान


काठमाडौं । प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् ।

मित्रराष्ट्र चीनको निमन्त्रणामा प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागिता जनाउनेछन् ।

चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई जंगीअड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानसेनापति सिग्देल चीनमा रहँदा उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।