काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएको छ ।
विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
कर्णालीका कप्तान सोमपाल कामीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ६२ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । गुल्सन झाले २१ बलमा अविजित २८ रन जोडे भने पवन सर्राफले २८ बलमा ३६ रन बनाए ।
कर्णालीका एरिफुल इस्लामले १२ बलमा ३२ र दीपक डुम्रेले ११ बलमा २० रन बनाए ।
विराटनगरका एन्जेलो म्याथ्युजले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । चरिथ असलंकाले १ तथा प्रतिश जिसी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए ।
यसअघि त्रिवि मैदानमा जारी खेलमा विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो ।
विराटनगरका लोकेश बमले सर्वाधिक ८७ रन बनाएका छन् । उनले ५३ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन बनाए । उनले ४ चौका प्रहार गरेका छन् । आन्द्रे रसेलले २७ रन बनाउँदा बसिर अहमदले १३ रन बनाए ।
विराटनगरका इमरान शेख ५ रन बनाएर आउट भए भने चरिथ असलंकाले ३ रन मात्रै बनाउन सके । शहान जयसूर्या ११ रन बनाएर रनआउट भए ।
कर्णालीका सोमपाल कामीले ४ तथा मार्क वाटले १ विकेट लिएका छन् ।
कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया