काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीको आधिकारिक वरीयता टुंगो लागेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सभापतिदेखि सहमहामन्त्रीसम्मका १९ पदाधिकारीको वरीयता क्रम निर्धारण गरेको हो।
सार्वजनिक वरीयता सूची अनुसार सभापति गगन थापा पहिलो स्थानमा रहँदा दोस्रो वरीयतामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र तेस्रो वरीयतामा महिला उपसभापति पुष्पा भुसाल रहेकी छिन्।
त्यसैगरी, खुला उपसभापतिद्वय डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य चौथो र पाँचौँ स्थानमा छन् भने समावेशी उपसभापति विनोद चौधरी छैटौँ स्थानमा समेटिएका छन्।
महामन्त्रीहरूमा प्रदीप पौडेल, डा. डिला संग्रौला पन्त र उदय शमशेर राणा क्रमशः सातौँ, आठौँ र नवौँ वरीयतामा रहँदा सहमहामन्त्रीहरूमा बहादुर सिंह लामा दशौँ वरीयतामा अगाडि आएका छन्। नयाँ समीकरण र वरीयताको यो फेरबदलसँगै कांग्रेसभित्रको शक्ति सन्तुलनमा नयाँ तरङ्ग पैदा भएको छ।

प्रतिक्रिया